२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नियुक्ति बदरको माग गर्दै रिट


0
Shares

काठमाडौं, चैत १० । मुस्लिम आयोगका नवनियुक्त अध्यक्ष समिम मियाँ अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नागरिकता विवादमा परेका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै कपिलवस्तुका अब्दुल सलामले आज सर्वोच्चमा रिट हालेका हुन् । आयोगको अध्यक्षमा नियुक्त भएका अन्सारीविरूद्ध नक्कली नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्र लगायतका चारवटा उजुरी परे पनि संसदीय सुनुवाइ समितिले तिनको निरूपण नगरी स्वतः नियुक्त हुने बाटो खोलेको रिटमा उल्लेख गरिएको छ । 

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी थिइन् । अन्सारीका विषयमा सुनुवाइ समिति अनिर्णित बन्दा संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिन कटेपछि अन्सारी स्वतः अध्यक्ष बनेका थिए ।