Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


पर्यटन बोर्डद्वारा मोफेटलाई अन्तर्राष्ट्रिय सद्भाव दूत नियुक्त


0
Shares

काठमाडौं, मंसिर १७ । नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिक जेरी मोफेटलाई अन्तर्राष्ट्रिय सद्भाव दूत नियुक्त गरेको छ ।

शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी तथा बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले मोफेटलाई सद्भावना दूत नियुक्त गरेको प्रमाणपत्र प्रदान गरे ।

सद्भावना दूतकारुपमा नियुक्त मोफेट विगत ४० वर्षदेखि नेपालको सहासिक तथा पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील रहेको बोर्डले जनाएको छ ।

सो अवसरमा मोफेटले भूकम्पले धाराशयी भएको नेपालको पर्यतीय तथा सहायिक पर्यटनको विकासका लागि अन्र्तराष्ट्रियस्तरमा सक्दो प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए ।