१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


आइएसले युरोपमा आक्रमण गर्नसक्ने चेतावनी


0
Shares

काठमाडौं, मंसिर १७ । इस्लामिक अतिवादी समूह ‘आइएस’ले मध्यपूर्वमा पराजित भएपछि युरोपमा आक्रमणको उद्देश्य राख्नसक्ने ‘युरोपोल’ले चेतावनी दिएको छ ।

युरोपियन प्रहरीले धेरै विदेशी लडाकुहरु युरोप प्रवेश गर्न प्रयास गर्ने र आक्रमण गर्ने क्षमता भएका दर्जनौं लडाकु पहिल्यै युरोपमा रहेको जनाएको छ ।

यस्ता लडाकुहरुले कार बम, अपहरण, धम्कीजस्ता तरिका अपनाउनसक्ने बताइएको छ ।

आणविक हतियार रहेका संवेदनशील संरचनामा पनि आक्रमण हुनसक्ने आशंका गरिएको छ ।

युरोपोलले युरोपमा रहेका शरणार्थी शिविरमा छिरेका चरमपन्थीले केही सिरियाली शरणार्थीलाई आफ्नो समूहमा भर्ना गर्नसक्नेसमेत जनाएको छ ।

पछिल्ला वर्षहरुमा आइएस लडाकुले युरोपका विभिन्न सहरमा शृंखलाबद्ध आक्रमण गरेका छन् । (एजेन्सी)