
मुस्ताङ, मंसिर १७ । हिमालपारिको जिल्ला मुस्ताङमा टुकुचे र कोवाङ गाविसलाई मिलाएर थप एउटा गाउँपालिका बनाउनुपर्ने माग राख्दै स्थानीयबासीले शुक्रबार जोमसोममा विरोध प्रर्दशन गरेका छन् ।
उनीहरुले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिमार्फत् यथाशीघ्र मस्यौदा सच्याउनसमेत आयोगसमक्ष माग गरेका छन् ।
जिल्लास्थित प्राविधिक सहयोग समितिले दुई गाविसलाई ‘बाइपास’ गरेर एकपक्षीय ढंगले मस्यौदा आयोगमा पठाएको आरोप पनि उनीहरुले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्