
पोखरा, मंसिर १७ । वाणिज्यमन्त्री रोमी गौचनले दलहरुले आफ्नो हठ नत्याग्ने हो भने संघीयता नै खतरामा पर्ने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित तारा खेल रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले देशलाई निकास दिन सबै दलहरु लचिलो हुनुपर्नेमा जोड दिए ।
काठमाडौं, बुटबल, पोखरा, म्याग्दी, मुस्ताङ र कास्कीसहित १३ टिमका ८० जना सहभागी ताराखेल ६ दिनसम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले ७६ हजार, द्वितीयले ३५ हजार र तृतीयले १८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्