७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बाराका गढिमाइ र निजगढ पूर्णसाक्षर नगरपालिका घोषित


0
Shares

कलैया, मंसिर १७ । बाराका दुई नगरपालिका गढिमाइ र निजगढलाई शुक्रबार पूर्णसाक्षर नगरपालिका घोषणा गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले ती नगरपालिकालाई पूर्णसाक्षर नगरपालिका घोषणा गरेका हुन् ।

सो अवसरमा मन्त्री पौडेलले शिक्षा ऐनको आठौं संशोधनले सबैको भावनालाई समेटेकाले ऐनअनुसार काम गर्न सबै शिक्षकलाई आग्रह गरे ।

९८ प्रतिशत जनसंख्या साक्षर भएपछि पूर्णसाक्षर घोषणा गरिने प्रावधान रहेको छ । रासस