Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


फर्निचर मेला भृकुटीमन्डपमा सुरु


0
Shares

काठमाडौं, मंसिर १७ । फर्निचर तथा फर्निसिङ व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको छ ।

नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनको आयोजनामा भएको सान फर्निचर एन्ड फर्निसिङ मेला काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको हो ।

फर्नेक्स नेपाल २०१६ मा फर्निसिङ, अफिस तथा घरायसी फर्निचरका साथै अन्य घर सजावटका सामाग्री राखिएका छन् ।

मेलामा स्वदेशीसहित विदेशी फर्निचर तथा फर्निसिङका सामाग्री रहेको संघले जनाएको छ ।

मेलाको १ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेला २१ गतेसम्म चल्नेछ ।