Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


खाद्य संस्थानलाई मन्त्रीले भने–‘डोल्पा र हुम्लामा पनि खाद्यान्न पुर्‍याउनोस्’


0
Shares

काठमाडौं, मंसिर १७ । आपूर्तिमन्त्री दीपक बोहराले ‘बिजनेस प्लान’ बनाएर अगाडि बढ्न खाद्य संस्थानलाई सुझाव दिएका छन् ।

नेपाल खाद्य संस्थानको शुक्रबार सम्पन्न ४२औं वार्षिकोत्सवमा मन्त्री बोहराले संस्थानले राम्रो कन्सल्ट्यान्ट ल्याएर व्यावसायिक योजना बनाउनुपर्ने बताए ।

कर्मचारी व्यवस्थापन, बजार भाउ नियन्त्रण, उत्पादकत्व बढाउनेजस्ता कार्यमा संस्थानले जिम्मेवारपूर्वक कार्य गर्नुपर्ने उनको भनाई छ ।

डोल्पा र हुम्लामा पनि खाद्यान्न पुर्‍याउने गरी काम गर्न पनि उनले आग्रह गरे ।

संस्थानले आफ्नो सेवा विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।

आगामी दिनमा संस्थानको सेवा पुग्न बाँकी रहेका तराई तथा भित्री मधेसका जिल्लाहरुमा पनि गुणस्तरीय खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि घुम्ती सेवा विस्तार गर्ने संस्थानले जनाएको छ ।

संस्थानले खाद्य सुरक्षा भन्डारण तथा सार्क फुड बैंकमा ३३ हजार मेट्रिकटन खाद्यान्न मौज्दात रहेको जनाएको छ ।