-सिता पाण्डे, ईमेज
पाल्पा, मंसिर १८ । सरकारले पश्चिमाञ्चल क्षेत्रमै नमूना संग्रहालय संचालन गर्ने घोषणा गरेको करिब १८ महिना विति सक्दासमेत पाल्पा दरबार संग्रहालय नाममा मात्र सीमित भएको छ ।
पाल्पा दरबार संग्रहालय छिर्ने पर्यटकले संग्रहालयभित्र हेर्ने भवनबाहेक केही छैन । एक वर्षको अवधिमा करिब ५ हजार व्यक्ति पाल्पा दरबार संग्रहालय पुगे पनि रित्तो दरबार हेर्नेबाहेक केही पाएनन् ।
पाल्पा दरवार आफैमा एतिहासिक, पुरातात्विक पर्यटकिय महत्वको भएपनि यस विषयमा जानकारी दिने सूचना पाटी, होर्डिङ् बोर्ड, फ्लेस बोर्ड राखिएको छैन ।
यस संग्रालय संचालनको लागी १ बर्ष देखी कर्मचारी व्यवस्था गरे पनि तलव खाने मात्र काम भएको छ । दरवार संग्रालयको प्रवेश द्धार मै अस्तव्यस्त रहेको छ ।
आगन्तुक पुस्तिका समेत च्यातिएर लथालिङ्ग हुँदा समेत कर्मचारीहरुको ध्यान अझै पुग्न सकेको छैन ।
दरवार संग्रालय भवन आफैंमा संग्रालय भएपनि दरवारको सुरुको अवस्था देखी हाल सम्मको अवस्था सम्म जानकारी दिने व्यबस्था पनि छैन । संग्रालय दरवार परिसर फोहोरले भरिएको छ ।
संग्रालयको कार्यालय समेत आगन्तुकहरुले नदेख्ने गरी कुनामा राखिएको छ । जिल्ला विकास समितीले संग्रालयलाई प्रदान गरेको ४२ ईन्च एल ई डि टिभी प्रयोगविहिन अवस्थामा रहेको छ ।
नाम मात्र संग्रालय होईन सरसमान सहितको संग्रालय संचालन गर्नुपर्ने पाल्पालीहरुले जोड दिएका छन । तत्कालिन शासक जनरल प्रताप शमशेरले १९८३ मा निर्माण गरेको पाल्पा दरबारलाई जिल्लाकै गौरवको रुपमा समेत लिईएको छ ।
दरवार बेलायती शैलीमा बेलायती ईन्जिनियरको डिजाईनमा पाल्पा दरवार निर्माण गरेका हुन । प्रताप शमशेरको मृत्यु भएपछि केही समय प्रयोगविहिन भएको दरवारलाई राजा महेन्द्रले २०१५ सालमा प्रशासनिक कार्यालयको रुपमा संचालन गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्