
काठमाडौं, मंसिर १८ । स्पेनिस लिग ला लिगा फुटबलमा आज बार्सिलोना र रियल मड्रिडबीच बहुप्रतिक्षित भिडन्त हुँदै छ ।
स्पेनिस लिगमा यी दुई टोलीबीच हुने भिडन्तलाई एल–क्लासिको भन्ने गरिन्छ । विश्व फुटबलका सर्वाधिक सफल तथा बलिया यी दुई टोलीबीचको भिडन्त विश्वभरका फुटबलप्रेमिका लागी सर्वाधिक प्रतिक्षित खेल बन्ने गरेको छ ।
बार्सिलोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुने छ । विश्व फुटबलका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीले पनि एक अर्काबिरुद्धको खेललाई प्रतिष्ठाको लडाईंको रुपमा लिने गरेका छन् ।
जारी लिगमा अपराजित रहेको रियल मड्रिड सोचेअनुरुपको प्रदर्शन गर्न नसकी रहेको साविक बिजेता बार्सिलोनाबिरुद्ध उसकै मैलानमा जित हात पार्ने योजनामा छ ।
तर ला लिगामा रियल मड्रिडसँग सुखद इतिहास बोकेको बार्सिलोना घरेलु मैदानमा रियललाई पछार्दै अंक तालिकामा उ सँगको अंक दुरी कम गर्ने दाउमा छ ।
जारी लिगमा १३ औ चरणका खेल सकिँदासम्म ३३ अंक जोड्दै रियल मड्रिड शीर्ष स्थानमा छ । ६ अंकले पछि रहेको बार्सिलोना २७ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्