७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


अपांगता दिवसमा प्रभातफेरी


0
Shares

काठमाडौं, मंसिर १८ । अपांगता भएका व्यक्तिहरुको २५औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार राजधानीमा पनि प्रभातफेरी निकालिएको छ ।

भृकुटीमन्डपबाट निकालिएको प्रभातफेरी सहरका विभिन्न भागको परिक्रमापछि पुनः भृकुटीमन्डपमै पुगेर समापन भएको थियो ।

र्‍यालीमा सहभागी भएकाहरुले अपांगताका सवाललाई राज्यका हरेक निकायमा प्राथमिकता राख्न, अपांगमैत्री भौतिक संरचना निर्माण गर्न र राज्यका निर्णायक निकायमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न पनि माग गरेका थिए ।