२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


चार बुँदे सहमतिपछि यातायात सुचालु


0
Shares

बिराज रोस्यारा

कैलाली, चैत १० । चार बुँदे सहमतिपछि धनगढी–अत्तरिया सडकमा यातायात सुचालु भएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आज विहानैदेखि धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरिएको थियो ।

आज प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड, कैलाली प्रहरी प्रमुख आभुषण तिम्सिना लगायत र पीडित पक्षबीच भएको छलफलपछि सडक खुलाइएको हो ।

सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले मृत फेला परेका धनगढीका जनक ढुङ्गालको शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताललाई विशेषज्ञ टोली ल्याउन आग्रह गर्ने भएको छ ।

घटनाको अनुसन्धानलाई निरन्तरता दिने, कानुन बमोजिमको क्षतिपुर्तिका लागि पहल गर्ने र राहतका लागि स्थानीय तहसँग अनुरोध गर्ने सहमतिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिईएको हो । स्थानीय र पीडित पक्षले ढुङगालको मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गर्दै आएका थिए ।