
जाकर्ता, मंसिर १८ । इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ ।
पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्