
फाइल फोटो
काठमाडौं, मंसिर १८ । ओलम्पिक काउन्सिलले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ ।
काउन्सिलको शनिबार राजधानीमा सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
भारतमा यसैवर्ष सम्पन्न १२औं साग समापन समारोहमा नै १३औं साग नेपालमा गर्ने घोषणा भएको थियो ।
हरेक दुई वर्षमा आयोजना हुने उक्त खेल नेपालको आन्तरिक कारणले केही समय लम्बिन गएको हो ।
शनिबारको बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राससलाई बताए ।
१३औं सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।
परिषद्को अर्को बैठक भुटानमा हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्