
काठमाडौं, मंसिर १८ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएको समूह ‘ए’को खेलमा ह्वाइटहर्स फुटसलले रजनी फुटसललाई ७–३ ले पराजित गरेको छ ।
रजनी फुटसलको ‘फिल्ड’ भैंसेपाटीमा भएको खेलमा घरेलु टोलीविरुद्ध जित जित दर्ता गर्नेक्रममा ह्वाइटहर्सका प्रनेश गोर्खाली, मनोज प्रजापति र रबी सिलवालले २–२ गोल गर्दा मन्जित महर्जनले एक गोल गरे ।
जितसँगै १२ खेलबाट २३ अंक जोडेको ह्वाइटहर्स अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । रजनीको समान खेलबाट १२ अंक छ ।
प्रतिक्रिया दिनुहोस्