
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर १८ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै शनिबार चौथो दिन पनि विभिन्न जिल्लामा प्रदर्शन भएको छ ।
संशोधन प्रस्तावको विरोध गर्दै रुपन्देही जिल्ला बन्दको आह्वान गरिएको छ । अखन्ड ५ नम्बर प्रदेश दबाब समूह र विभिन्न संघ–संस्थाको अगुवाइमा जिल्ला बन्द आह्वान गरिएको हो ।
बन्दको स्थानीय र व्यापारीहरुलेसमेत समर्थन गरेका छन् । बन्दको प्रभाव रुपन्देहीका प्रमुख सहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमासमेत परेको छ ।
बन्दकर्ताले शनिबार पनि बिहानैदेखि प्रदर्शन जारी राखेका थिए । बन्दका कारण जिल्लामा यातायातका साधन सन्चालन हुन सकेको छैन भने व्यापारीहरले बजार ठप्प गराएका छन् ।
बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ ।
मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनओटा जिल्लालगायतलाई ५ नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो ।
संशोधन प्रस्ताव खारेजको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासमेत मागेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्