
-बिराज रोस्यारा/ईमेज
कैलाली । सुधार गृहमा शंकास्पद मृत्यु भएका जनक ढुंगालको मुत्युबारे छानविन गर्न माग गर्दै पीडित परिवार तथा आफन्तहरुले सडक अवरुद्ध बनाएपछि सर्बसाधरण मारमा परेका छन ।
मृत्यु भएको तीन दिनसम्म पनि प्रशासनले छानवीनमा चासो नदेखाएकोले आन्दोलन गर्नुपरेको पीडित आफन्तहरुले बताएका छन ।
सवारी साधन चल्न नदिएपछि धनगढीको बोरडाडीमा एक जना बिरामी महिला स्लाईन सहित सडकमै पल्टिएकी छन । सडकमा बिरामी अलपत्र पर्दा समेत प्रसासन मौन जस्तै देखिएको छ ।
धनगढी भएर सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरका लागि छुट्ने यातायातका साधनहरु समेत बन्दका कारण प्रभावित भएका छन । बन्दका कारण यात्रुहरु धनगढीमा अलपत्र परेका छन ।
धनगढीबाट गेटा बिमानस्थलसम्म पनि जान कठिनाई भएको छ ।
धनगढी उपमहानगरपालिका—३ मा रहेको पुनस्र्थापना गृहका स्टोर किपर जनक ढुंगालको तीन दिनअघि मृत्युभएपछि दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्तले बिहानै देखि सडक अबरुद्ध गरेका कारण बिरामी र सर्वसाधारणहरु मर्कामा परेका हुन । तस्बिर-दिर्घराज उपाध्याय
प्रतिक्रिया दिनुहोस्