२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


क्यालिफोर्नियाको अक्ल्याण्डमा भीषण आगलागी, ४० जनाभन्दा बढीको मृत्यु


0
Shares

काठमाडौं, मंसिर १९ । अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४० नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् ।

अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् ।

उक्त स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो । शुरुमा गोदाम रहेको उक्त हल पछि स्टुडियोमा रुपान्तरण गरिएको थियो ।

त्यहां फर्निचरका सामग्री रहेकाले आगो नियन्त्रण गर्न कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

सन् १९८९ मा भूकम्पका कारण उत्तरी क्यालिफोर्नियामा ६३ जनाको मृत्यु भएयता यो आगलागीलाई क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा दुःखद घटना मानिएको छ । (एजेन्सी)