
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ ।
यद्यपि आजै दुई वटा बैठक बस्दैछ । दोस्रो बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नेछन् ।
दुई वटा बैठक बस्ने र तीन बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
उता प्रधानमन्त्री कार्यालय पनि प्रधानमन्त्री ओलीको सम्बोधनका लागि तयारी सकाएको छ । प्रधानमन्त्रीले संसदमा उठाइएका प्रश्नहरुको जवाफ दिनेछन् ।
पुस ११ गते शुरु भएको हिउँदे अधिवेशन अन्त्य गरिएपछि बजेट अधिवेशनको तयारी थालिने छ ।
यस अधिवेशनमा प्रतिनिधि सभामा २३ वटा विधेयक दर्ता गरिए भने संविधानसँग बाझिने ऐनहरुको संशोधन गर्ने लगायतका कानून पनि बनाइए ।
प्रतिक्रिया दिनुहोस्