Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


२० बर्ष अघि हेलिकप्टरबाट सामान ल्याएर बनाइएको करोडौंको पावर हाउस बन्द


0
Shares

डडेल्धुरा, मंसिर १९ । करोडौं लगानीमा बनाइएको डडेल्धुराकोे रुपाल गाविसमा रहेको विद्युत पावर हाउस अहिले बन्द भएको छ ।

अहिले रुपालका घरघरमा केन्द्रीय प्रसारणको बिद्युत लाईन जोडिएपछि स्थानीयस्तरमा निर्माण गरिएको उक्त विद्युत गृह २३ महिना देखि बन्द रहेको हो ।

रुपालीगाड जलबिद्युत सिंचाई र बिजुलीको आपूर्तिका लागि २०४२ सालमा हेलिकप्टरबाट सामान ढुवानी गरेर बनाइएको थियो ।

सञ्चालनमै रहेका करोडौं लगानीको ५०÷५० किलोवाटका दुई टर्वाईन अहिले त्यत्तिकै थन्किएको हो ।

विद्युत सेवाको तीस वर्ष पुगेपछि सम्बन्धित निकायको अनुपस्थिति र स्थानीय सरोकारवालाको वेवास्ताका कारण बन्द गरिएको हो ।

करीब तीन सय घरपविारलाई उज्यालो दिईरहेको रुपालगाड साना जलबिद्युत केन्द्रको सेवा क्षेत्र भित्र राष्ट्रिय प्रसारणको विद्युत पुगेपछि स्थानीयले रेखदेख नगर्दा बन्द भएको स्थानीय उपभोक्ता तथा पूर्व गाविस सचिव हरिकृष्ण जोशीले बताए ।