
काठमाडौं, मंसिर १९ । क्युबाका राष्ट्रपति राहुल क्याष्ट्रोले आफ्ना दिवंगत दाजु पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
राजधानी हवानाबाट चार दिन लगाएर क्याष्ट्रोको अस्तु उनले क्रान्ति थालेको स्यान्टियागो शहर पुर्याएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन विश्वका विभिन्न देशका नेतासहित हजारौं मानिस सहभागी भएका छन् । क्याष्ट्रोको ९० वर्षको उमेरका गत नोभेम्बर २५ मा निधन भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्