२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


मेडिकल कलेजहरुले मनपरी शुल्क लिएको बारे चासो


0
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुमा मनपर्दी रुपमा लिइरहेको शुल्कबारे उपसमिति बनाएर छलफल गर्ने भएको छ । 

एकपछि अर्को गर्दै मेडिकल कलेजहरुले मनपर्दी शुल्क लिइरहेको तथ्यहरु सार्वजनिक भएपछि समितिले यस्तो निष्कर्ष निकालेको हो ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सबै मेडिकल कलेजहरुमा लिइने शुल्क,परीक्षालगायतका विषयमा उपसमिति बनाएर छानबिन गर्ने निर्णय गरेको समिति सदस्य गगन थापाले जानकारी दिए ।

आजको बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बोलाएर छलफल गर्ने कार्यतालिका भए पनि अस्वस्थ्यताका कारण उनी उपस्थित भएनन् ।