
काठमाडौं, मंसिर १९ । अमेरिकामा जिल स्टिनले नेतृत्व गरेको ग्रीन पार्टीले पेन्सेल्भेनियामा फेरि मतगणना गर्न दिएको निवेदन फिर्ता लिएको छ ।
ग्रीन पार्टीका मतदाताले अदालतको आदेश अनुसारको १० लाख डलरको बोण्ड जम्मा गर्न नसकेपछि निवेदन फिर्ता लिएको बताइएको छ ।
पार्टी नेतृ स्टीनले मिचिगन, विस्कन्सिन र पेन्सेल्भानियामा राष्ट्रपति निर्वाचनको मतगणना फेरि गर्न माग गरेका थिए ।
यी तिनै राज्यमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अप्रत्यासित रुपमा विजय हासिल गरेका थिए । तर ट्रम्पका समर्थकले भने फेरि मतगणनालाई रोक्न प्रयास गरेका थिए ।
मतगणना फेरि भएको भए चुनावी परिणाम नै उल्टने आंकलन गरिएको थियो ।
राष्ट्रपतिय निर्वाचनमा पराजित डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले स्टीनको फेरि मतगणनाको प्रयासलाई सघाउने बताएकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्