७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सुगम संगीतमा नारायणगोपालको महत्वपूर्ण योगदान : उपराष्ट्रपति


0
Shares

काठमाडौं, मंसिर १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सुगम संगीतमा स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

स्वरसम्राट स्वर्गीय नारायणगोपालको २६ औं वार्षिक स्मृति दिवसमा नेपाल कला संस्कृति विकास केन्द्र र भ्वाइस आर्ट एकेडेमीले आइतबार राजधानीको नारायणगोपाल चोकमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली सुगम संगीतमा नारायण गोपालले नयाँ युग भित्र्याएको चर्चा गरे ।

कार्यक्रममा उपराष्ट्रपति पुनले स्वर सम्राटका २० वटा गीतहरुको स्वरलिपी पुस्तकको विमोचन पनि गरेका थिए । सो अवसरमा विभिन्न गायक–गायिकाहरुले नारायणगोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

उता, पोखरामा पनि तीनवटा सांगीतिक संस्थाले स्वर सम्राट नारायण गोपालको स्मृतिमा विशेष कार्यक्रम गरेका छन् । अनुपम म्युजिक, त्रिवेणी संगितालय र जे.ई. म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपाल स्मृति दिवस मनाएका हुन् ।

कार्यक्रममा नयाँ र पुराना डेढ दर्जन कलाकारले स्वर सम्राटका गीत गाएका थिए । कार्यक्रममा रामभक्त जोजिजू, मालती गुरुङ, प्रज्ज्वल जोजिजू, रुवी गौलीलगायतले नारायण गोपालका स्वरमा भएका गीत गाए ।

कार्यक्रममा नारायण गोपालसँग ढेड दशकसम्म सँगै साङ्गीतिक यात्रा गरेका संगीतकर्मी अर्जुन चैनपुरेले नारायण गोपालको सांगीतिक योगदान अतुलनीय रहेको बताए ।