
राजविराज, मंसिर १९ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी १२ दिनदेखि आमरण अनशन बस्दै आएका छन् ।
पटक पटक अस्पतालको अवस्थामा सुधारको माग राखे पनि सुनुवाई नभएको भन्दै तिवारी अनशनमा बसेका हुन् । १२ दिनदेखि अनशनमा बसिरहेका तिवारीले अस्पतालमा स्वच्छ पिउने पानीको ब्यवस्था हुनुपर्ने, नियमित सरसफाई गरिनुपर्ने, विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउनुपर्ने, सरकारले उपलब्ध गराउने औषधीहरूको सूची राख्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्