काठमाडौं, मंसिर १९ । नेपाल वायुसेवा निगमले दिल्ली उडान थप गर्ने भएको छ ।
निगमले डिसेम्बर २० अर्थात् पुष ५ गते देखि दिल्लीमा दैनिक दुई उडान गर्ने भएको हो । हाल हप्ताको ११ उडान गर्दै आएकोमा अर्को ३ उडान थप गरी १४ पुर्याइन लागेको निगमले जनाएको छ ।
बजारको मागका साथै पर्यटन व्यवसायीहरुको आग्रहका कारण उडान थप गरिएको निगमको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्