काठमाडौं, मंसिर १९ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २९ अंकले झरेर १५ सय ७० मा आइपुग्यो । होटल र उत्पादनमूलक समूह बाहेकका अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च २ सय ७४ अंकले झर्यो ।
जलविद्युत समूह ४४ अंक, बाणिज्य बैंक समूह २६ एवं विकास बैंक समूह पनि २५ अंकले ओरालो लाग्यो ।
वित्त र अन्य समूहमा पनि दोहोरो अंकको गिरावट आयो । होटल समूहमा भने ५५ अंकको सुधार आयो । यसदिन कारोबार परिमाण पनि पछिल्ला औसत दिनका तुलनामा न्यून रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १० लाख कित्ता शेयर ७५ करोड ५३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्