काठमाडौं, मंसिर १९ । मोबाइल फोनको व्यापार व्यवस्थित गर्ने उद्देश्यले मोबाइल फोन आयातकर्ताहरुले संघ स्थापना गरेका छन् ।
आइएमएसका अध्यक्षका दिपक मलहोत्राको अध्यक्षतामा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन स्थापना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघले हाल नेपालमा ४० मोबाइल फोन आयातकर्ता रहेको जनाएको छ । २२ वटा ब्राण्डका १६ जना व्यवसायी रहेको संघले जनाएको छ । अवैध मोबाइल सेटको कारोबार रोक्न पहल गर्ने संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्