काठमाडौं, मंसिर १९ । नेपाली गलैंचा निर्यात हुन थालेको ५४ वर्ष भएको छ ।
सन् १९६२ देखि अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैंचा निर्यात सुरु भएको थियो । त्यसबेला गलैंचाले मुलुकको कुल निकासीको ३० प्रतिशत हिस्सा ओगटेको थियो भने कुल गार्हस्थ उत्पादनमा झण्डै ३ प्रतिशतसम्म योगदान दिएको थियो ।
पछिल्लो समयमा भने यस्तो योगदान घटेको छ । गलैंचा निर्यात व्यवसायीहरुले नेपाली गलैंचाको प्रबर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय गलैंचा उद्योग संघको आइतबार राजधानीमा सम्पन्न २६औं वार्षिक साधारणसभामा गलैंचा लगायत निर्यातजन्य बस्तुहरुमा १५ प्रतिशत निर्यातमा नगद प्रोत्साहन सुविधा गराउन माग गरेको छ ।
यस्तै गलैंचा क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीलाई सफ्ट लोन दिने व्यवस्था गर्न अध्यक्ष छिरिङ्ग शेर्पाले माग गरे ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गलैंचा लगायत निर्यातजन्य वस्तुको प्रवर्द्धन गर्न सस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले समझ्दारीबाटै मुलुकले राजनीतिक निकास पाउने पनि बताए ।
संघले स्वीजरल्याण्डका रेटो आस्वान्देनलाई नेपाली हस्तनिर्मित उनी गलैंचाको विशेष दूतमा नियुक्त गरेको छ । संघले आर्थिक वर्ष २०७४/७५ लाई गलैंचा निकासी वर्ष घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।









प्रतिक्रिया दिनुहोस्