Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बर्नमाउथको उत्कृष्ट प्रदर्शनले लिभरपुल लज्जित, चेल्सी शिर्ष स्थानमा


0
Shares

काठमाडौं, मंसिर २० । इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा लिभरपुल पराजित भएको छ ।

लिभरपुललाई बर्नमाउथले ४-३ ले हराएको हो । कुनै समय १-३ ले पछि परेको बर्नमाउथले उत्कृष्ट पुनरागमन गर्दै खेल ४-३ ले जितेको हो ।

खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरे ।

लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक एक गोल गरे का थिए ।

प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले १-१ गोलको बराबरीमा रोकेको छ ।

खेलमा म्यान्चेस्टर युनाईटेडका ज्लातन ईब्राहिमोभिचले पहिलो गोल गरेपनि एर्भटनका लेईटन बेन्सले पेनाल्टीमार्फत एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०/३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।