२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कराँचीस्थित होटलमा आगलागी, ११ जनाको मृत्यु


0
Shares

कराँची, मंसिर २० । पाकिस्तानको व्यापारिक सहर कराँचीमा सोमबार बिहान एउटा होटलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी संचारमाध्यमका अनुसार आगलागीमा परी अन्य ७० जना घाइते भएका छन् । घाइतेमध्ये ३० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

होटल रिजेन्ट प्लाजाको भान्छाबाट आगलागी सुरु भएको थियो । आगलागी नियन्त्रणमा खटिएका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका छन् ।

यद्यपि आगलागी कसरी सुरु भएको हो भन्ने प्रष्ट विवरण आउन सकेको छैन ।

कराँचीका मेयर वासिम अख्तरले आगालागी भएको होटलको निरीक्षण गरेका छन् । (एजेन्सी)