२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


सन्दीप लामिछाने भए एसीसी यु–१९ एसिया कप क्रिकेटको कप्तान


0
Shares

काठमाडौं, मंसिर २० । श्रीलंकामा आगामी मंसिर २९ गतेदेखि पुस ९ सम्म आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि घोषणा भएको टोलीमा अभिनाश कर्ण, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार तथा रविन्द्रजंग शाही रहेका छन् ।

यस्तै, टोलीका अरु सदस्यमा आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् ।

प्रतियोगितामा भारत, श्रीलंका र मलेसियासँगै नेपाल समूह ‘ए’मा रहेको छ । यस्तै, समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकाको सामना गर्नेछ ।