काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई मैत्रीपूर्ण फुटबलको एक खेलमा पानामाले बराबरीमा रोकेको छ ।
फिफा बरियताको ७६ औं स्थानमा रहेको मध्य अमेरिकी मुलुक पानामाले तेस्रो बरियतामा रहेको ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको हो ।
खेलको ३२ औं मिनेटमा लुकास पाक्वेताले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । तर त्यसको चार मिनेटपछि नै पानामाका अडोल्फो माचाडोले बराबरी गोल गरे ।
आफ्ना अधिकांश पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको ब्राजिलले यसपछि गोल थप्न सकेन ।
मैत्रीपूर्ण फुटबलकै अन्य खेलमा पेरुले पाराग्वेलाई तथा ग्वाटेमालाले कोस्टारिकालाई समान १–० ले हराउँदा मेक्सिकोले चिलीमाथि ३–१ को जित निकालेको छ ।








प्रतिक्रिया दिनुहोस्