Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


युरोकप छनोट फुटबलमा स्पेन र ईटालीको विजयी सुरुवात


0
Shares

काठमाडौं । युरोकप छनोट फुटबलमा स्पेन र ईटालीले विजयी सुरुवात गरेका छन् । गएराति भएको समूह एफ को खेलमा स्पेनले नर्वेलाई २–१ ले हरायो ।

यही समूहको अर्को खेलमा स्वीडेनले रोमानियालाई २–१ ले हराउँदा माल्टाले फारो आईल्याण्डमाथि २–१ कै जित निकाल्यो ।

युरो कप फुटबल छनोटको समुह जे को खेलमा ईटालीले फिनल्याण्डलाई २–० ले हराउँदा ग्रिसले लिचेस्टाईनलाई २–० ले तथा बोस्नियाले अर्मेनियालाई २–१ ले पराजित गरे ।

गएराति भएको समुह डि का छनोट खेलहरुमा स्वीट्जरल्याण्डले जर्जियालाई २–० ले हराउँदा आयरल्याण्डले जिब्रल्टारमाथि १–० को साँघुरो जित निकाल्यो ।