Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेप्से २६ अंकले झरेर १५ सय ४४ मा आएर थामियो


0
Shares

काठमाडौं, मंसिर २० । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

बजार परिसूचक नेप्से २६ अंकले झरेर १५ सय ४४ मा आएर थामियो । कारोबार भएकामध्ये उत्पादनमूलकबाहेक अरु सबै समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ७३ अंकको कमी आयो । होटल समूहमा ५६ अंकको गिरावट आयो । जलविद्युत् समूह ३८ अंकले, विकास बैंक समूह ३३ अंकले अनि वाणिज्य बैंक समूह पनि २५ अंकले ओरालो लाग्यो । वित्त र अन्य समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको ८ लाख ९१ हजार कित्ता शेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।