Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाल–कतार व्यापार तथा लगानी प्रवद्र्धनमा जोड


0
Shares

काठमाडौं, मंसिर २० । नेपाल–कतार व्यापार तथा लगानी प्रवद्र्धनमा जोड दिइएको छ ।

नेपालका लागि कतारका राजदूत युसेफ बिन मोहम्मद अल–हेल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुबीच सोमबार भएको छलफलका क्रममा उक्त जोड दिइएको हो ।

दुई देशबीच व्यापार बृद्धि र कतारबाट लगानी भित्र्याउने विषयमा छलफलकेन्द्रित रहेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

रोजगारीका लागि कतार जाने नेपालीलाई देशमै रोजगारीको अवसर प्रदान गर्न कतारका व्यवसायीहरुलाई नेपालमै उद्योग स्थापनाका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरेको उनले बताए ।

साथै, कतारका जनतालाई नेपालको पर्यटन क्षेत्रकोबारेमा जानकारी गराइ पर्यटककोरुपमा भित्र्याउने विषयमा पनि छलफल भएको उनले बताए ।

राजदूतले नेपालमा पर्यटन, कृषि, जडिबुटीको क्षेत्रमा लगानीको सम्भावनालाई सकारात्मकरुपमा लिएको उनले बताए ।