२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


रुस र चीनले गरे सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग


0
Shares

काठमाडौं, मंसिर २१ । रुस र चीनले सिरियाको द्वन्द्वग्रस्त शहर अलेप्पोमा एक हप्ता युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेका छन् ।

पराम्परागत रुपमा प्रस्ताव मुल्यांकन गर्न दिइंदै आएको २४ घण्टाको समय पनि नदिएर परिषद्को नियम उल्लंघन गरेको रुसको भनाई छ ।

तर अमेरिकाले भने सिरियाली सेनाले हालैका दिनमा अलेप्पोमा हासिल गरेको सफलतालाई रुसले संरक्षण गर्न खोजेको आरोप लगाएको छ ।

रुसले सिरियाली राष्ट्रपति बशर अल असादलाई समर्थन गर्दै आईएसविरुद्ध हवाई आक्रमण गरेको छ भने अमेरिकाले असाद विरुद्ध सक्रिय मध्यपन्थी विद्रोहीलाई सहयोग गरिरहेको छ ।

सिरियाली सेनाले आईएसको कब्जामा रहेको पूर्वी अलेप्पोको ७० प्रतिशत भूभागमाथि फेरि नियन्त्रण कायम गरेको बताइन्छ ।

अलेप्पोका एक लाख बासिन्दा अझै पनि संघर्षको चेपुवा परेको र अत्यावश्यक सहयोगको आवश्यकतामा रहेको अधिकारकर्मीहरुले बताएका छन् । (एजेन्सी)