२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


मिडिल्सब्रोले हल सिटीलाई हरायो, चेल्सी शिर्ष स्थानमा कायमै


0
Shares

काठमाडौं, मंसिर २१ । इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती भएको खेलमा मिडिल्सब्रो विजयी भएको छ ।

आफ्नै मैदानमा भएको खेलमा मिडिल्सब्रोले हल सिटीलाई १-० ले हराएको हो । रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको हल सिटी विरुद्धको खेलमा मिडिल्सब्रोलाई विजयी गराउन ग्यास्टन रामिरेजले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यो जितपछि मिडिल्सब्रो अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ । १४ खेलबाट उसको १५ अंक भएको छ । पराजित टोली हल सिटी भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रिमियर लिगमा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०/३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।