२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘फिल्मकी रानी’जयललिता कसरी बनिन् मुख्यमन्त्री ?


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

काठमाडौं, मंसिर २१ । भारतको रंगीन फिल्मी दुनियाँबाट राजनीतिक रंगमञ्चमा होमिएर सफल बनेका केही सिमित नामहरु मध्ये जयललिताको नाम निकै अगाडि आउंछ ।

दक्षिण भारतीय फिल्मी जगतमा सफल हुंदै राजनीतिको विभिन्न तिकडमसंग जुधेर राज्यको छ पटकसम्म मुख्यमन्त्री बनिन् । ह्दयघातका कारण निधन हुनु अघिसम्म तमिल फिल्मकी रानी जयललिता कर्नाटकको मुख्यमन्त्री थिइन् ।

जयराम जयललिताको जन्म सन् १९४८ फेब्रुअरी २४ मा भारतको कर्नाटकमा ब्राह्मण परिवारमा भएको थियो । उनी दुई वर्षको हुँदा उनका पिता जयरामको निधन भएको थियो ।

८० को दशकदेखि राजनीतिक यात्रा सुरु गर्नु अघि जयललिताले १३ वर्षको उमेर मा बालकलाकारको रुपमा फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन । उनकी आमा पनि एक अभिनेत्री थिइन ।

विभिन्न भाषाका फिल्ममा सफल अभिनय गरेकी जयललिताको पहिलो फिल्म अंग्रेजी भाषाको थियो । तमिल,तेलंगु,कन्नडा र हिन्दी गरि १ सय २५ भन्दा बढी फिल्ममा अभिनय गरेकी जयललिता भर्सटाइल नायिकाको रुपमा चर्चित थिइन् ।

तमिल अभिनेत्री जयललिताको सय भन्दा बढी फिल्म सफल थिए । तमिल फिल्मकी रानी मानिएकी उनी शास्त्रीय संगीतकी निपूर्ण नर्तकी मानिन्छिन् । राजनीतिमा होमिएपछि ४० भन्दा कम वर्षको उमेरमै जयललिता सन् १९९१ मा कर्नाटकको मुख्यमन्त्री बनेकी थिइन् ।

यसपछि पनि उनी पटक पटक मुख्य मन्त्री बनेर आफ्नो राजनीतिक साख बढाउदै लगिन् । तर उनको राजनीतिक जीवन भने निकै उतार चढावपूर्ण रह्यो । उनीमाथि भ्रष्टाचारको आरोपका धेरै मुद्धाहरु दायर भए भने अकुत सम्पत्ति आर्जन गरेको मामिलामा पनि उनी मुछिएकी थिएन् ।

सन् २०१४ मा भ्रष्टाचारको आरोप लागेपछि उनले मुख्यमन्त्री पदबाट राजिनामा दिइन् । कर्नाटक अदालतले भ्रष्टाचारी ठहर गरी उनलाई चार वर्षको जेल सजाय सुनायो । तर सन् २०१५ मा उच्च अदालतले निर्दाेष ठहर गरेपछि उनी पूनः मुख्यमन्त्री बनिन् ।

जनतामाझ अत्यन्त लोकप्रिय जयललिताले सन् २०१६ मा भएको निर्वाचन जितेपछि भने कर्नाटकमा छैटौं पटक मुख्यमन्त्रीको पद सम्हाल्दै आएकी थिइन्, मृत्यु पर्यन्त ।

भारतीय राजनीतिमा उनलाई स्पष्ट वक्ता र जनताबीच एकदमै प्रसिद्ध नेतृको रुपमा रुपमा लिने गरिन्छ । जयललिता, प्रशंसक एवं कार्यकर्ता माझ ‘आमा’ को नामबाट प्रसिद्ध थिइन् ।

उनले समर्थकहरुलाई लोभ्याउन २० किलो चामल रहेका व्याग समेत सित्तैमा बाड्ने काम समेत गरेकी थिइन् । जयलतिलाको जीवन शैली र उनले प्रयोग गरेका हजारौं जुत्ताको विषयलाई विरोधीहरुले एक समय निकै उछालेका थिए ।

निकै सुन्दर जयललिताले भद्र र सम्मानित महिलाको छवी बनाउन ग्लामर दुनियाँबाट आफुलाई अलग गरिन र कालान्तरमा ढृढताका साथ शासन चलाउने असाधरण महिलाको छवी बनाउन पुगिन् ।

जयललिताले राजनीति होस् वा फिल्म, आफ्नो अलग्गै पहिचान बनाएर ६८ वर्षको उमेर दुनियाँ छोडिन् ।  (एजेन्सीको सहयोगमा)