१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


आइएसका नयाँ प्रवक्ताले अमेरिका, रुस, युरोप लगायतलाई दिए धम्की


0
Shares

बग्दाद, मंसिर २१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आएएस)का नयाँ प्रवक्ताले अमेरिका, रुस, युरोप, इरान लगायतका मुलुकलाई धम्की दिएका छन् ।

सिरियामा भएको हवाई हमलामा आइएसका प्रवक्ता अबु मोहम्मद अल अदनानी मारिएपछि हालै सो जिम्मेवारी सम्हालेका अबी अल हसन अल मुहाजेरले पहिलो सन्देश जारी गर्दै आफ्ना लडाकुलाई ती मुलुकविरुद्ध आक्रमण गर्न निर्देशन दिएका छन् ।

उनले ती मुलुक मुसलमानको विनाशक र इस्लामविरोधी रहेको समेत बताएका छन् ।

उनले ती मुलुकलाई उनीहरुकै भूमिमा आक्रमण गरी कडा जवाफ दिने चेतावनी पनि दिएका छन् । उनले आफ्ना समर्थकलाई टर्कीस सैनिकविरुद्धसमेत आक्रमण गर्न भनेका छन् । यस अतिरिक्त विश्वका विभिन्न मुलुकमा भएका उसका दूतावासमा पनि हमला गर्न भनिएको छ ।

उनले हमलाका स्वरुप परिवर्तन गरेर सशक्त कारवाहीमा उत्रन आफ्ना लडाकुलाई निर्देशन दिएका छन् । व्यस्त बजार, सडक र कुनै अप्रत्यासित स्थानमा हमला गर्न उनले आदेश दिएका हुन् । (एजेन्सी)