
काठमाडौं, मंसिर २१ । चिनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको उनको फोटो हस्तान्तरण गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेको हो ।
तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य छ ।’
भेटका अवसरमा चिनियाँ टोलीले बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्