७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


तीन दिने अल्टिमेटमका साथ अर्घाखाँची बन्द फिर्ता


0
Shares

अर्घाखाँची, मंसिर २१ । अर्घाखाँचीमा ६ दिनदेखि गरिएको अनिश्चितकालीन हडताल फिर्ता गरिएको छ ।

तीन दिने अल्टिमेटमका साथ बन्द फिर्ता लिइएको स्थानीय नेताहरुले जनाएका छन् । बन्द फिर्ता भएपछि सर्वसाधारणले राहत महशूस गरेका छन् ।

सार्वजनिक यातायातका साधन चल्न थालेका छन् भने पसल, उद्योग व्यवसाय पूर्ण रुपमा खुलेका छन् ।

यद्यपि, सार्वजनिक यातायातले प्रदेश सिमांकनको विरोधमा अनिवार्य रुपमा ब्यानर राख्नुपर्ने व्यवस्था गरिएको छ ।

तीन दिनसम्म पनि माग पूरा नगरेमा फेरि आन्दोलन गर्ने अर्घाखाँची उद्योग वाणिज्य संघ, नागरीक समाज, राजनीतिक दललगायतले जनाएका छन् ।