काठमाडौं, चैत ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अमूर्त समृद्धि र औसत सुखमा विश्वास नगर्ने बताएका छन् ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालको गीतिसंग्रह ‘परिवर्तनका स्वरहरु भाग–२’ को शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले जनतालाई महसुस हुनेगरी समृद्धि र सुख दिलाउन चाहेको भन्दै सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई हरेक दिन एक कदम अघि बढाउने उद्देश्यका साथ सरकार अघि बढिरहेकाले यसमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नेता खनालले २०६२/०६३ को आन्दोलनपछि सामाजिक, आर्थिक रुपान्तरणका लागि ठूलो अवसर प्राप्त गरेको भन्दै सरकारले यसको सदुपयोग गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री एवं गीतकार खनालले सामाजिक कुप्रथाविरुद्ध नयाँ अभियान चलाउन आवश्यक रहेको बताउँदै आफ्नो गीतिसंग्रहमा कुरीतिविरुद्धका सन्देशमूलक गीतहरु रहेको उल्लेख गरे ।
जेएन खनालको शब्द तथा मिलन तिमल्सिनाको संगीत रहेको सो गीतिसंग्रहमा विभिन्न गायक–गायिकाले आवाज दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्