७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा जयाललिताको निधनप्रति दुःख व्यक्त


0
Shares

                                                                                    फाइल फोटो
काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री सेल्भी जे जयाललिताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले मंगलबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत् भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आफ्ना भारतीय सकमक्षीहरुमार्फत् स्वर्गीय जयाललिताप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री जयाललिताको हृदयघात भइ उपचारका क्रममा सोमबार राति निधन भएको हो । रासस