२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन


0
Shares

पोखरा, चैत ९ । जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा भएको अभिनन्दन समारोहमा गन्डकी प्रदेशका प्रदेशप्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, विन्ध्यवासिनी मन्दिरका पिठाधीश्वरलगायतले उनलाई अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले कृष्णदास महाराजलाई अभिनन्दन गर्न पाउनु गौरवको विषय भएको बताए ।

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकीसहित रथयात्रा गरी पोखराका विभिन्न स्थानको परिक्रमा गराइएको थियो ।

नारायणस्थान मन्दिरमा पूजा–अर्चनापछि सुरु भएकोे रथयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्र पुगी सभामा परिणत भएको थियो ।