काठमाडौं, मंसिर २१ । नेपाल रेडक्रस सोसाइटीले नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पको समयमा रेडक्रसले ३० लाखभन्दा बढीलाई आकस्मिक सेवा पुर्याएको र हजारौं भूकम्पपीडितहरुलाई उनीहरुको आवास पुनःनिमाणमा सहयोग गरेको बताएको छ ।
रेडक्रसले मंगलबार राजधानीमा विश्व प्राकृतिक प्रकोप प्रतिवेदन–२०१६ सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिएको हो ।
नेपाल रेडक्रस सोसाइटीका महासचिव देव ढाख्वाले पाँच हजारभन्दा बढी भूकम्पपीडित परिवारलाई घर बनाउन रेडक्रसले पहिलो किस्ताको आर्थिक अनुदान वितरण गरिसकेको जानकारी दिए ।
उनले भूकम्पले बढी क्षति पुर्याएको १४ जिल्लामा भूकम्पपीडितहरुको घर निर्माणका लािग रेडक्रसले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको पनि जानकारी दिए ।
उनले रेडक्रसले सरकारसँग समन्वय गरेर भूकम्पपछिको पुनःनिर्माणकार्यलाई अगाडि बढाइरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्