२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


केन्द्रीय मानन्धर संघको ‘स्वयम्भू भ्वय’


0
Shares

काठमाडौं, चैत ९ । केन्द्रीय मानन्धर संघले परापूर्वकालदेखि मनाउँदै आएको ‘स्वयम्भू भ्वय’ यो वर्ष पनि आयोजना गरिएको छ ।

शनिबार स्वयम्भूमा आयोजित कार्यक्रममा स्वयम्भू चैत्य, मन्जुश्री हारती माता र शान्तिपूरमा पूजाआजा गरी परम्पराअनुसार संघका सदस्यहरुले धिमेबाजासमेत बजाएका थिए ।

संघका ज्येष्ठ सदस्य १०३ वर्षीय ललितमान मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा यो वर्ष विवाह बन्धनमा बाँधिएका संघमा आवद्ध सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।