२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


बासेलमाथि आर्सनलको शानदार जित, लुकास पेरेजले गरे ह्याट्रिक


0
Shares

काठमाडौं, मंसिर २२ । च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।

मंगलबार राति भएको खेलमा समूह ए को आर्सनलले एफसी बासेललाई ४–१ ले हरायो । आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओबीले एक गोल गरे ।

बासेलका लागि सेडु डुम्बियाले एक गोल फर्काए । पेरेजले ८, १६ र ४७ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे ।

राति नै भएको खेलमा समूह ‘ए’ को विजेताको होडमा रहेको पेरिस सेन्ट जर्मेन पिएसजी लुडोगोरेट्स राजग्राडसँग २–२ को बराबरीमा रोकियो ।

आर्सनल १४ अंकसहित समूह विजेता तथा पिएसजी १२ अंकसहित समूह उपविजेता बन्यो ।