७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


पाँचथरमा एक सय रुपैंयाँ संकलन अभियान


0
Shares

पाँचथर, मंसिर २२ । हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले पाँचथरमा एक सय रुपैँयाँ संकलन अभियान चलाईएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त महिला अधिकार सञ्जाल पाँचथरले उक्त अभियान चलाएको हो ।

मंसिर १० गतेदेखि सुरु गरिएको अभियानमा अहिलेसम्म ५२ हजार २ सय २५ रुपैया रकम संकलन गरिएको सञ्जालकी अध्यक्ष विमला ढकालले बताए ।

मंसिर २५ सम्म सञ्चालन गरिने अभियानमा संकलित रकमबाट हिंसा प्रभावित महिला सहायता अक्षय कोष स्थापना गरिने उनले बताए ।

घर, परिवार र समाजमा फर्केर जान नसक्ने पीडित महिलालाई सहयोग गर्न अक्षय कोष स्थापना गर्न लागिएको उनले बताए ।