७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


पश्चिम तराईमा एक्कासी चिसो बढ्यो


0
Shares

बर्दिया, मंसिर २२ । मंसिरको तेस्रो सातादेखि तराईमा एक्कासी चिसो बढेको छ । मौसममा भएको बदलीका कारण चिसो बढेको हो ।

चिसोबाट बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला विद्यार्थीलगायत चौपाया प्रभावित बनेका छन् । मध्य तथा सुदूरपश्चिमका बर्दिया, बाँके, कैलाली कञ्चनपुर लगायतका जिल्लामा एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।

दिनभरी बादल लागेर घाम नदेखिने र बाक्लो हुस्सुले झनै जनजीवन कष्टकर बनाएको छ । चिसोले गर्दा मजदुर, बालबालिका र बृद्धबृद्धामा निमोनियाको समस्या देखिन थालेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ ।

चिसोमा अनावश्यक रुपमा घरबाहिर नजान, झोलिलो तातो पदार्थहरु पिउन, न्यानो कपडा लगाउन तथा आगो ताप्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।